तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधिहरुले पदस्थापन गरेको आज चार वर्ष पुरा भएको छ । पदभारग्रहण गरेको चारवर्षे कार्यकाल पुरा भएको अवसरमा नगरपालिका परिसरमा आज विहान बृक्षारोपण गरिएको छ ।
तिलोत्तमा नगरपालिका जनप्रतिनिधिले २०७४ असार १४ गते निर्वाचित भई असार २१ गते पदस्थापन गरेका थिए । नेपालको संविधानले दिएको पाँचवर्षे कार्यकालका लागि अझै एक बर्ष बाँकी रहेको छ ।




















