लागत साझेदारीमा तिलोत्तमाका ५० किसानलाई गाई प्रदान

ByLumbini Darpan Online

२१ असार २०७८, सोमबार ११:१८ २१ असार २०७८, सोमबार ११:१८ २१ असार २०७८, सोमबार ११:१८

तिलोत्तमा , असार २१

तिलोत्तमा नगरपालिकाको वडा नं। १२ का ५० जना किसानललाई लागत साझेदारीमा एकरएक वटा गाई उपलब्ध गराइएको छ । किसानलाई व्यवसायिक पशुपालनमा अग्रसर गराउन तिलोत्तमा नगरपालिकाले ५० प्रतिशत लागत साझेदारीमा किसानलाई गाई खरिद गर्नेगरी अनुदान उपलब्ध गराएको हो ।
सोमबार किसानलाई औषधि तथा कृषि औजार वितरण गर्दै कार्यवाहक नगर प्रमुख जगेश्वरदेवी चौधरीले अनुदान रकमको सदुपयोग गर्न किसानलाई आग्रह गरिन।
तिलोत्तमा नगरपालिका दुधमा आत्मनिर्भर रहेको र किसानलाई प्रोत्साहन गर्न नगरपालिकाले प्रतिलिटर दुधमा एक रुपैंयाँ अनुदान समेत दिने गरेको बताउँदै उनले नगरपालिकाले उपलब्ध गराएका सेवारसुविधा लिन किसानलाई आग्रह गरे ।

किसान समेतको लागत साझेदारीमा कुल ४३ लाख ६० हजारको बजेटमा किसानलाई गाई खरिदमा अनुदानको अतिरिक्त पशु बीमा, आवश्यक औषधि, औजारसमेत उपलब्ध गराइएको पशु विकास शाखाले जानकारी दिएको छ ।

संघीय कार्यक्रम अनुसार नगरपालिकाले लागत साझेदारीमा गाई प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको पशु विकास शाखाले जानकारी दिएको छ ।वडा नं। १२ का पाँच वटा पशुपालन समूहमार्फत् किसानले लागत साझेदारीमा गाई खरिद गरेका हुन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *