तिलोत्तमा
रुपन्देहीको तिलोत्तमा नगरपालिका १० मा कोटाइमाई शान्ती पार्क निर्माणको उद्देश्यले १२ सदस्य समिती गठन गरिएको छ । पार्क निर्माण गर्ने उदेश्य सहित प्रदिप थापाको अध्यक्षतामा समीती गठन गरिएको हो । उक्त पार्कमा मन्दिर बाल उद्धान पिक्निक स्पोर्ट, वृद्ध ध्यान केन्द, मनोरञ्जन स्थल ,बगैचा ,निर्माण गरिने छ । करिब २ करोडको डि पि आर तयार गरीे काम अगाडि बढाइने नव गठीत समितिका अध्यक्ष थापाले जानकारी दिनु भयो ।




















