
कृष्ण पोखरेल
तानसेन २४ असार
गएराती देखी परेको अविरल बर्षाको कारण पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन ६ जना घाईते भएका छन । तिनाउँ गाउँपालिका वडा नंं ५ गिट्टी खानी, हिउदे खोला क्षेत्रमा माथि बाट झरेको पहिरोले घर बगाउदा ४५ वर्षीय वीरबहादुर गुरुङको मृत्यु भएको छ । पहिरोमा पुरिएको अवस्थामा गुरुङको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए । पहिरोले घर बगाउदा सोही ठाउँका रमेश परियारको ४ बर्षिय छोरा आरोप परियार वेपत्ता भएका छन । तिनाउँ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्तिका अनुसार नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पहिरोले पुरिएको छ । पहिरोको कारण सडक अवरुद्ध हुदा प्रयाप्त जनशक्ति घनास्थमा पुग्न कठिन भएको डिएसी त्वातीले बताए ।
पहिरोको कारण सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडकखण्डमा बन्द भएको छ । सिद्धवावा, झुम्सा, पानी मिल, हिउदे खोला, कालीमाटी क्षेत्र, लामेदमारमा पहिरो खसी सडक अवरुद्ध भएको पाल्पा प्रहरीले जनाएको छ । सिद्धार्थ राजमार्गको तानसेन पोखरा सडक खण्डको राम्दी तथा शेरा क्षेत्रमा पहिरो झरी सडक अवरुद्ध भएको छ ।