बुटवल-पाल्पा सडकखण्डमा साना सवारी साधन एकतर्फी मात्रै रुपमा सञ्चालनमा

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

बुटवल, २५ असार,

बुधबार राति परेको वर्षाका कारण झुम्सा, पानीमिल तल्लो र माथिल्लो सिद्धबाबालगायत स्थान पहिरो खसेर सो सडकखण्डमा अवरोध आएपछि बुटवल–पाल्पा सडकखण्डमा स(साना सवारी साधन एकतर्फी रुपमा मात्रै सञ्चालनमा आएको छ । ठूला सवारी साधन सञ्चालनमा आउन अझै २ घण्टा जति लाग्ने लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय, बुटवलले जानकारी दिएको छ ।
अन्य स्थानमा खसेको पहिरो हटि सकेको र तिनाउ गाउँपालिका–५ गिट्टी खानी नजिकको पहिरो हटाउने क्रम जारी रहेको प्रहरीले बताएको छ । । ठूलाठूला ढुंगा खसेकाले राजमार्ग खुलाउन ढिलाइ भएको प्रहरीले बताएको छ ।


प्रकाशित : २०७८ असार २५, शुक्रबार ०८:२६