बुटवलका उत्कृष्ट ६ विद्यार्थी र ८ शिक्षकलाई सम्मान

ByLumbini Darpan Online

२५ असार २०७८, शुक्रबार १२:२३ २५ असार २०७८, शुक्रबार १२:२३ २५ असार २०७८, शुक्रबार १२:२३

 

बुटवल, असार, २५

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले उत्कृष्ट नतिजा ल्याउने ६ जना विद्यार्थी र ८ जना खिक्षकलाई सम्मान गरेको छ । आधारभूत तहको कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउने ६ जना विद्यार्थीलाई नगद पुरस्कारले सम्मान गरेको हो ।

कक्षा ८ को परीक्षामा जिपिए ४ल्याउने एभरेष्ट इङ्गलिश बोर्डिङ स्कूलका ३ जना, अक्सफोर्ड माविका २ र अन्नपूर्णकाका एक विद्यार्थीलाई जनही ५ हजार नगद राशीले सम्मान गरिएको छ । बुटवल उपमहानगर शिक्षा मशाखाले एभरेष्टकी प्राज्ञी उपाध्याय, रचना खनाल र सुप्रिया भट्टराई तथा अक्सफोर्ड माविका विलक्षण भूसाल र दिपेश भूसाललाई नगद राशीसहित सम्मान गरेको छ । यसैगरी अन्नपूर्ण माविकी बसन्ता आचार्यले पनि नगद ५ हजार राशीसहित सम्मानित भएकी छन्।

त्यस्तैनगर स्तरीय आधारभूत तहको परीक्षामा उत्कृष्ट नतिजा ल्याउनका लागि सहयोग गर्ने ८ जना शिक्षकहरुले मायाको चिनो ९करुवा० प्रमाणपत्रले सम्मान पा पाएका। छन् । भरेष्ट बोर्डिङ स्कूलकी लक्ष्मीदेवि कार्की क्षेत्री, एकबहादुर गुरुङ र राजन दाहाल रहेका छन् । यसैगरी अक्सफोर्ड माविका शिक्षक लक्ष्मीनाथ मरासिनी, जीवाकुमारी शर्मा, अन्नपूर्ण माविका रोबर्ट राई, ज्ञानपुञ्ज बोर्डिङ स्कूलका कुमार सापकोटा र गणेश ज्ञानज्याती पब्लिक हाइस्कूलका मेघराज अर्यालल सम्मानित भएका छन ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *