रुपन्देहीको सिद्धार्थनगमा नारायण पथमा आगलागी

[sharethis-inline-buttons]

असार २७

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका –१२ भैरहवाको नारायण पथमा आगलागी भएको छ । नारायण पथमा रहेको सुन्दर ग्लास हाउसमा गएरातिको सवा नौ बजेदेखि आगलागी भएको हो । आगो निभाउन सिद्धार्थनगर लगाएत रुपन्देहीका विभिन्न पालिकाका दमकल, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको प्रयासमा विहान मात्र आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । आगलागीबाट दुई तलाको घर जलेर नष्ट भएको छ । विद्युत सर्ट भएर आगोलागी हुँदा प्लाइबोर्डको ठूलो गोदाम रहेको घर जलेको हो । घरको माथिल्ले तलामा बस्दै आएका पसलधनीको परिवारलाई भने सकुशल उद्धार गरिएको छ । आगलाागी बाट ५ करोड बढीको क्षति भएको घरधनी सुन्दर अग्रहरीले बताउनुभयो ।


प्रकाशित : २०७८ असार २७, आईतवार ०८:३७