बुटवल , असार २७
लुम्बिनी प्रदेश सरकारले ल्याएको सञ्चार विधेयक विरुद्ध नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति र जिल्ला समितिहरू आन्दोलित छन्। यसै बिचमा आज लुम्बिनी प्रदेशसभा सचिवालय गेटमा धर्ना दिएका छन् ।‘लुम्बिनी प्रदेश सरकारद्वारा प्रदेश सभामा दर्ता गरिएको निरंकुश सञ्चार विधेयक फिर्ता गरी पुनर्लेखनको लागि दबाबमूलक धर्ना कार्यक्रम’ लेखिएको ब्यानर सहित नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका पदाधिकारी तथा जिल्लाका पत्रकारहरूले धर्ना दिएका हुन्। धर्नामा सहभागीहरूले मिडिया विधेयक फिर्ता गर, प्रेस स्वतन्त्रता जिन्दाबाद, निरंकुश सञ्चार विधेयक फिर्ता गर लगायतका प्लेकार्ड प्रस्तुत गरेका थिए ।
मिडिया एवं पत्रकारहरूलाई प्रवर्द्घन गर्नेभन्दा पनि बाँध्ने तरिकाले प्रदेश सरकारले विधेयक प्रदेश सरकारले सभामा पेस गरेकोले फिर्ता नल्याउँदा सम्म आफूहरूको आन्दोलन नरोकिने पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरीले बताए। महासचिव बिक्रम खड्काले प्रदेशसभामा गइसकेको विधेयकले मिडिया एवं पत्रकारहरूलाई बाँध्ने खालले आएकोले प्रेस स्वतन्त्रताको अधिकार कायम हुनेगरि पुनर्लेखन गर्नुपर्ने बताउँछन्।




















