पाल्पा निस्दी गाउँपालिकाका वडा अध्यक्षको मृत्यु ।

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

बुटवल २९ असार

निस्दी गाउँपालिका वडा नंं ४, मित्यालका वडा अध्यक्ष न्योबहादुर सुनारीको मृत्यु भएको छ । वडा अध्यक्ष सुनारीको उपचारको क्रममा लुम्विनी मेडिकल कलेज तानसेन प्रभासमा उपचारको क्रममा मृत्यु भएको हो । वडा अध्यक्ष सुनारीलाई स्वास फेर्न गार्हो भई कमजोरी महशुस गरेपछीको उपचारको लागी सोमवार मात्र उपचारको लागी अस्पताल भर्ना गरिएको थियो । मृतक वडा अध्यक्ष सुनारी ५२ बर्षका मात्र थिए । मृतक सुनारीको आजै रामपुर कालीगण्डकी घाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ । वडा अध्यक्ष सुनारीका श्रीमती, एक छोरी दुई छोरी रहेका छन ।
वडा अध्यक्ष सुनारी २०७४ सालमा नेकपा एमाले बाट निर्वाचित जनप्रतिनिधी हुन । उनी नेकपा एमाले जिल्ला सल्लाहकार परिषद पाल्पाका सदस्य समेत रहेका थिए । पार्टीमा महत्वपुर्ण योगदान गरेका सुनारीको मृत्युले पाटीलाई ठुलो क्षती पुगेको नेकपा एमाले पाल्पाका अध्यक्ष नारायण प्रसाद आचार्यले बताए ।


प्रकाशित : २०७८ असार २९, मंगलवार ०६:२६