बुटवल २९ असार
रुपन्देही प्रहरीले कोटहिमाईमा जुवा खेलिरहेका ११ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । आर्थिक लेनदेन गर्दै जुवा अड्डा संचालनमा रहेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा ११ जना जुवाडे पक्राउ परेका हुन् । पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिका ३ का मोहमद लाडले अन्सारी, धर्मेन्द्र भन्ने कम्लेश कुमार यादव, विशाल यादव, मोहमद सरिफ जोलहा, सुरज यादव, निरज कुमार यादव, संजय जैशवाल रहेका छन । त्यसैगरि मायादेवी गाउँपालिका ५ का भगवानदाश कुर्र्मी, सोनु मल्लाह, समिर धुनिया र घनश्याम यादवलाई पनि जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका जुवाडेहरुबाट प्रहरीले नगद १ लाख ६८ हजार ९०५ रुपैयाँ, बिभिन्न कम्पनीका १० वटा मोबाईल बरामद गरिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी दिनुभयो ।




















