पाकिस्तान अपडेटः चिनियाँ इन्जिनियर चढेको बस दुर्घटनामा १० को ज्यान गयो

ByLumbini Darpan Online

३० असार २०७८, बुधबार ०९:४३ ३० असार २०७८, बुधबार ०९:४३ ३० असार २०७८, बुधबार ०९:४३

काठमाडौँ, असार ३०

पाकिस्तानको पख्तुनख्वाह प्रान्तमा बुधबार चिनियाँ इन्जिनियर चढेको बस दुर्घटना हुँदा त्यसमा सवार कम्तिमा १० जनाको ज्यान गएको छ ।
कोहिस्तानको प्रहरी उपप्रमुख आरिफ खान युसुफजाईले बीबीसीलाई दिएको जानकारी अनुसार सुरुवातमा ३० चिनियाँ इन्जिनियर सवार बसमा आक्रमण भएको खबर आएको थियो।तर यो घटनामा कुनै बिस्फोटन नभएको र बस दुर्घटनामा परेको उनले प्रस्ट पारेका छन्। उनका अनुसार हालसम्म यस घटनामा १० जनासम्मको मृत्यु भएको छ।अधिकारीहरुका अनुसार चीनको बेल्ट एन्ड रोड अवधारणा अनुसार दासु जलविद्युत परियोजनामा आवद्ध चिनियाँ इन्जिनियरहरु चढेको बस दुर्घटनामा परेको हो।सो बसमा ३० चिनियाँ इन्जिनियर र केही पाकिस्तानी सेना सवार थिए। उनीहरु अप्पर कोहिस्तानको दासु ड्याम जाँदै थिए।दुर्घटनामा परेर ज्यान जानेहरुमा एक सर्वसाधारण, एक पाकिस्तानी सेना र चिनियाँ इन्जिनियरहरु रहेका छन्। स्रोत नेपाल खबर

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *