११ महिनामा आठ खर्ब ७० अर्ब रेमिट्यान्स भित्रियो

[sharethis-inline-buttons]

 

 

काठमाण्डौ, असार ३१
विदेश जाने नेपालीको सङ्ख्यामा कमी आए पनि चालु आर्थिक वर्षको ११ महिनामा आठ खर्ब ७० अर्ब ९४ करोड रुपैयाँ बराबरको विप्रेषण ९रेमिट्यान्स० देशभित्र भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज बिहीवार सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह १२ दशमलव ६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको यही अवधिमा रेमिट्यान्स आप्रवाह ३ दशमलव २ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १० दशमलव ४ प्रतिशतले वृद्धि भइ सात अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५ दशमलव २ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण० लिने नेपालीको सङ्ख्या ५९ दशमलव ९ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको यही अवधिमा यस्तो सङ्ख्या १२ दशमलव ४ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या जेठ मसान्तसम्म ४७ दशमलव १ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो सङ्ख्या ३१ दशमलव १ प्रतिशतले घटेको थियो । यही अवधिमा खुद ट्रान्सफर ११ दशमलव ४ प्रतिशतले वृद्धि भइ नौ खर्ब ७१ अर्ब चार करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो ट्रान्सफर ३ दशमलव ९ प्रतिशतले घटेको थियो । स्रोत आम नेपाली


प्रकाशित : २०७८ असार ३१, बिहीबार ०९:४२