रुपन्देहीको तिलोत्तमामा आजदेखि ४ दिनका लागि राजश्व सम्बन्धि सबै कारोबार बन्द

[sharethis-inline-buttons]

साउन १ ,बुटवल

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आजदेखि ४ दिनका लागि राजश्व सम्बन्धि सबै कारोबार बन्द भएको छ । नगरपालिका अन्तरगत रहेका सबै वडा कार्यालयहरुमा समेत साउन ४ गतेसम्म राजश्वसँग सम्बन्धित कारोबार बन्द हुनेभएको हो । नगरपालिकाले एक सुचना जारी गर्दै नयाँ आर्थिक वर्ष २०७८र७९ का लागि आर्थिक ऐन २०७८ बमोजिम राजस्वको सफ्टवेयरलाई अद्यावधिक गर्नुपर्ने भएकोले काम बन्द गर्नु परेको जनाएको छ । श्रावण ५ गतेबाट यथावत् रुपमा सबै कारोबार सूचारु हुने नगरपालिकाले जनाएको छ ।


प्रकाशित : २०७८ श्रावण १, शुक्रबार ०७:४८