लुम्बिनी प्रदेशमा आजै अध्यादेशबाट बजेट आउँदै

[sharethis-inline-buttons]

साउन १ ,बुटवल

लुम्बिनी प्रदेशमा आजै अध्यादेशबाट बजेट आउँने भएको छ । लुम्बिनी प्रदेश सरकारको बजेट प्रदेशसभाबाट असफल हुने हुने सम्भावना बढे पछी प्रदेशसभाको अधिवेशन मध्यरातमा अन्त्य भएको छ । प्रदेश सरकारले बजेट असफल हुने देखेर अध्यादेशको तयारी गरेको हो ।
आजै अध्ययादेश सार्वजनिक हुने स्रोतले बताएको छ । सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले पत्रकार सम्मेलन र अध्ययादेश सार्वजनिक एकैसाथ गर्ने तयारी भएको जनाए।
मन्त्रालय सचिव बाबुराम अधिकारीले अध्यादेशको लागि आवश्यक तयारी भईरहेको बताउँदै प्रदेश प्रमुखले जारी गर्दासाथ आफुहरुले पनि प्रकाशन गर्ने बताए । मुख्यमन्त्री तथा मन्त्रीहरुसंग छलफलमै रहेको प्रतिक्रिया दिँदै उनले पत्रकार सम्मेलन र अध्यादेश एकसाथ सार्वजनिक हुने तयारी रहेको संकेत गरे।

यता प्रदेश प्रमुखको कार्यालयले भने अहिले सम्म कुनै आधिकारीक पत्र नआएको दाबी गर्दै आएको छ । कार्यालयका प्रवक्ता एवं निमित्त सचिव चिरञ्जीवी पौडेलले पौने १२ बजेसम्मपनि कुनै पत्र नआएको बताए ।यता विपक्षिहरुले यो कार्यको चर्को विरोध गरेका छन् । नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खाँनले सरकार सदनबाट भाग्नु कायरता भएको बताउँदै यसको बिरुद्धमा उत्रने बताए ।


प्रकाशित : २०७८ श्रावण १, शुक्रबार ०७:५५