पहिरोका कारण बुटवल पाल्पा सडकखण्ड अवरुद्ध

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

बुटवल ।
गयराती देखी परेको पानी त्यसपछी झरेको पहिरोका कारण बुटवल पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । निरन्तरको वर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डका विभिन्न ठाउँमा झरेको पहिरोले अवरुद्ध भएको हो ।

सिद्धबाबा क्षेत्रका विभिन्न ठाउँमा, पाल्पाको तिनाउ गाउँपालिका–३ अन्तरगत सिद्धबाबा क्षेत्रको कदमबास, छहरा, हेडबक्स, नागमन्दिर लगायतका दर्जन बढी स्थानमा ढुंगा माटोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
बिभिन्न ठाउमा खसेको पहिरो हटाउने काम भैरहेको प्रहरीले बताएको छ । पहीरो धेरै ठाउमा खसेका कारण पन्छाउन केही समय लाग्ने समेत प्रहरीले बताएको छ ।


प्रकाशित : २०७८ श्रावण २, शनिबार १३:०४