आजको सेयर बजार

[sharethis-inline-buttons]

काठमाडौं साउन ५

लगातार दुई दिन बढेको पुँजीबजार मापक परिसूचक नेप्सेमा आज सामान्य करेक्सन आएको छ। आज परिसूचकसँगै कारोबार पनि करिब चार अर्ब रुपैयाँले घटेको छ।नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन आइतबार ९७।२१ अंक र सोमबार १३।८० अंकले बढेको नेपाल स्टक एक्सचेन्ज ९नेप्से० आज ९।०१ अंकले घटेर २९८५।५७ विन्दुमा झरेको छ।

नेप्सेमा आज कूल सात अर्ब ८९ करोड ७५ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। कूल २१९ वटा कम्पनीका तीन करोड १६ लाख आठ हजार १९३ कित्ता सेयर ८४ हजार ४६८ पटक खरिद(बिक्री भएका थिए।आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २।८३ अंकले घटेर ५५८।१२ विन्दुमा ओर्लिएको छ।

आज लक्ष्मी उन्नती कोष र लक्ष्मी इक्युटी फण्डको कारोबारमा सकारात्मक सर्किट लागेको थियो। बरुण हाइड्रो र माउण्टेन हाइड्रोका लगानीकर्ताले पनि क्रमशस् प्रतिकित्ता ९।३९ र ९।२८ प्रतिशतका दरले कमाएका छन्। आईसीएफसी फाइनान्स कम्पनीको डिबेन्चरका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ६।१७ प्रतिशतका दरले गुमाएका छन्।

आज अरुण काबेली पावर लिमिटेडको सेयर सबैभन्दा धेरै ३८ करोड ७८ लाख २० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। संख्यात्मक आधारमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम(२ सबैभन्दा धेरै २५ लाख ४२ हजार ३४७ कित्ता र अरुण काबेली पावर लिमिटेडको सेयर सबैभन्दा धेरै दुई हजार ७६४ पटक किनबेच भएका थिए।

आज व्यापार, होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी तथा प्रशोधन र म्युचुअल फण्डबाहेक सबै उपसमूहका परिसूचक घटेको नेप्सेले जनाएको छ ।


प्रकाशित : २०७८ श्रावण ५, मंगलवार १०:२३