
तिलोत्तमा,साउन ५
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अनलाइन प्रणालीबाट राजस्व संकलन सेवा सुरु गरिएको छ । उक्त सेवासँगै नगरबासीले घरबाटै पनि अनलाइनमार्फत राजस्व बुझाउन सक्ने भएका छन् । नगरपालिकाले सम्पत्ति कर, घर बहाल कर, व्यवसाय कर लगायतका राजस्वलाई जुनसुकै ठाउँबाट पनि अनलाइनबाटै तिर्न सक्ने व्यवस्था मिलाएको हो ।तिलोत्तमा नगरपालीकाका नगर प्रमुख बासु्देभ घिमिरेले कर तिर्न लाइन बस्नैपर्ने परम्परागत शैलीलाई प्रविधिले प्रतिस्थापन गर्दा करदाताहरू सहज हुने बताए ।
कर कसरी तिर्ने ?
करदाताले कर तिर्न ई–पोर्टलमा विवरण भरेर दर्ता हुनुपर्छ । त्यसपछि ई–सेवा र खल्ती डिजिटल भुक्तानी प्रणाली प्रयोग गरेर मोवाइल बाटै कर भुक्तानी गर्न सकिनेछ । यसबाट करका सम्बन्धमा सही तथ्यांक आउने र योजना निर्माणमा सहयोग पुग्ने नगरपालीकाको विश्वास छ ।

