ओलम्पिक फुटबलमा मेक्सिकोले फ्रान्सलाई ४(१ ले हरायो

[sharethis-inline-buttons]

 

लुदस, काठमाडौँ,साउन ५

टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुषतर्फको फुटबलमा मेक्सिकोले फ्रान्सलाई ४(१ ले पराजित गरेको छ । बिहीबारदेखि शुरु भएको पुरुष फुटबलको समूह ए को खेलमा मेक्सिकोले फ्रान्सलाई ४–१ गोल अन्तरले पराजित गरेको हो।

टोकियो रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा मेक्सिकोले चार गोल ग¥यो । मेक्सिकोका लागि एलेक्स भेगाले ४७औं, सेबास्टिन कवर्डोभाले ५५औं, कार्लोस अन्टुनाले ८०औं र एडुएर्डो अगुएरले इन्जुरी समयमा गोल गरे ।फ्रान्सका लागि कप्तान आन्द्रे पिएरे गिगनाकले ६९औं मिनेटमा पेनाल्टीबाट गोल गरे ।

स्वर्णको दाबेरदारमध्ये एक रहेको फ्रान्सले पहिलो खेलमै लज्जास्पद पराजय बेहोरेको छ भने मेक्सिकोले ३ अंक जोडेको छ । यसै समूहको अर्को खेलमा आजै घरेलु टोली जापानले दक्षिण अफ्रिकासँग खेल्दैछ ।

यस्तै ,समूह बी अन्तर्गत न्युजिल्याण्डले दक्षिण कोरियालाई १–० ले पराजित गरेको छ । कासिमा रंगशालामा भएको खेलमा न्युजिल्याण्डका लागि क्रिस उडले ७०औं मिनेटमा गोल गरे ।समूह सी अन्तर्गत खेलमा स्पेन र इजिप्टले गोलरहित बराबरी खेलेका छन् । युरोकप २०२० मा स्पेनको सिनियर टिममा रहेका ६ खेलाडीसहित जापान पुगेको स्पेनले पहिलो खेलमै बराबरीमा चित्त बुझाउनु परेको हो । युरोकपको सेमिफाइनलसम्म पुगेको स्पेन टोकियो ओलम्पिकमा स्वर्ण जित्ने लक्ष्यमा छ ।


प्रकाशित : २०७८ श्रावण ७, बिहीबार १२:३९