एमाले नेपाल पक्षको बैठक आज पनि बस्दै

ByLumbini Darpan Online

११ श्रावण २०७८, सोमबार ०९:२५ ११ श्रावण २०७८, सोमबार ०९:२५ ११ श्रावण २०७८, सोमबार ०९:२५

लुदस,काठमाडौं साउन ११

नेकपा एमालेक नेपाल पक्षको स्थायी कमिटीको बैठक आज पनि बस्ने भएको छ । नयाँ बानेश्वरको बुद्धनगरमा सोमबार दिउँसोबाट शुरु भएको बैठक आज पनि जारी रहने नेपाल पक्षीय एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

नेपाल पक्षको केन्द्रीय कमिटीले दिएको पार्टी एकता कायम राख्ने निर्णय कार्यान्वयनका बिषयमा छलफल केन्द्रीत हुने ती नेताले बताए । बैठकमा विघटित कार्यदलले तयार पारेको १० बुँदे प्रस्ताव, सत्तारुढ गठबन्धनमा नेपाल पक्षको उपस्थिती, केन्द्रीय कमिटीले पास गरेको एकता कायम राख्ने निर्णय लगायतको एजेण्डामा छलफल जारी रहेको जनाइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *