बुटवल साउन ११

रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४६ जना नयाँ संक्रमित थपिदा २६ जना संक्रमणमुक्त छन्। पछिल्लो २४ घण्टाको अवधिमा ४५६ जनाको कोरोना परीक्षण गरिएकोमा ४६ जना नयाँ संक्रमित थपिएका हुन ।

पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका २४, तिलोत्तमा नगरपालिकाका १४, देबदह नगरपालिकका ४, सिद्धार्थनगर नगरपालिकाका २, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकामा १र१ जना संक्रमित थपिएका स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
त्यस्तै , पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट २ जनाको ज्यान गएको छ । रुपन्देहीमा हालसम्म ५१३ जनाको कोरोनाबाट ज्यान गइसकेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *