
लुदस,गुल्मी,साउन १३
गुल्मीमा यात्रुबाहक जिप दुर्घटना हुदा ३ जनाको घदनाीथलमा नै ज्यान गएको छ । गुल्मीशान्तिपुरबाट तम्घास आउँदै गरेको यात्रुबाहक जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको गुल्मी प्रहरीले जनाएको छ ।सदरमुकाम तम्घास आउने क्रममास्थानमा लु १ ज ४५५९ नम्बरको जीप मुसिकोट नगरपालिका वडा नम्बर ४ ईन्द्रेगौंडा नजिकै दोभान भन्ने ठाउँमा दुर्घटना भएको गुल्मी प्रहरी प्रवक्ता पुरुषोत्तम पाण्डेले जानकारी दिए । जीपमा १० जना रहेको गुल्मी प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार मृतक मध्य २ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा चन्द्रकोट शान्तिपुरका तेजेन्द्र थापा र चन्द्रकोट ५ हरेवामा रेशम कार्की रहेका छन् । एकजना महिलाको सनाखत हुन बाँकी रहेको डीएसपी पाण्डेले बताए ।