बुटवल साउन १४
पाल्पाको तिनाउ गाउँपालिका–५, चर्चरेमा ट्रक दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । सिद्धार्थ राजमार्ग हुँदै पाल्पाबाट बुटवल आउने क्रममा लु २ ख ४४९९ नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटना भएको हो ।
घाइते हुनेहरुमा बुटवल उपमहानगरपालिका वडा नं १३ बस्ने ३० वर्षका धिरज शाह, नवलपरासी जिल्ला सुनवल नगरपालिका–९, बस्ने वर्ष ४३ का मोहन भट्टराई र नवलपरासी जिल्ला प्रतापपुर गाउँपालिका वडा नं। ९ बस्ने वर्ष ३८ का रामराज च्यामर रहेका छन ।
घाइते तीनै जनाको उपचार तानसेनप्रभासस्थित लुम्विनी मेडिकल कलेजमा भईरहेको छ ।घाइतेमध्ये भट्टराई र च्यामरको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।