भारतमा ४३ हजार सङ्क्रमित थपिदा , ३८ हजार ४६५ जना सङ्क्रमणमुक्त

ByLumbini Darpan Online

१४ श्रावण २०७८, बिहीबार ०८:०३ १४ श्रावण २०७८, बिहीबार ०८:०३ १४ श्रावण २०७८, बिहीबार ०८:०३

साउन १४

सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४३ हजार ५०९ जना नयाँ सङ्क्रमित थपिदा ३८ हजार ४६५ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भन्दा नयाँ सङ्क्रमितको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्यामा समेत बृद्धि भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या तीन करोड सात लाख एक हजार ६१२ पुगेको जनाएको छ ।कुल सङ्क्रमित मध्ये ९७।३८ प्रतिशत सङ्क्रमितहरु अहिले सङ्क्रमणमुक्त भइसकेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *