टोकियो ओलम्पिकमा चीनले बनायो विश्व कीर्तिमान

[sharethis-inline-buttons]

साउन १४

जापानमा जारी टोकियो ओलम्पिकअन्तर्गत चीनले नयाँ कीर्तिमान बनाएको छ । चीनले पौडीको महिला ४ गुणा २०० मिटर फ्रिस्टाइलमा विश्व कीर्तिमानसहित स्वर्णपदक जितेको हो ।बिहीबार चीनले ७ः४०।३३ मिनेटको समय निकाल्दै विश्व कीर्तिमानसहित स्वर्ण जितेको हो । टोकियो एक्वेटिक सेन्टरमा जितेको यस स्वर्णले चीनलाई पदक तालिकामा शीर्ष स्थानमा समेत पुर्‍याएको छ ।याङ जुनछुवान, ताङ मुहान, झाङ युफी र ली बिङजी रहेको चिनियाँ टोलीले अमेरिकालाई पछि पार्दै स्वर्ण जितेको हो । अमेरिकाले ७ः४०।७३ मिनेटसहित रजत जित्दा अष्ट्रेलियाले ७ः४१।२९ मिनेटसहित कास्यपदक जितेको छ ।


प्रकाशित : २०७८ श्रावण १४, बिहीबार ०८:१८