बुटवलमा खुल्लेआम कुहिएको माछामासुको ब्यापार, माछामासु बेच्नेलाई अनुगमन समितिबाट उन्मुक्ति

[sharethis-inline-buttons]

 

 

बुटवल साउन १४

बुटवलको नेपालगन्ज रोड र भुड्की चोकका मासु पसलेहरुले खुल्लेआम सडेगलेको माछामासु बेच्दै गरेको उपमहानगरपालिकाको बजार अनुगमन समितिले फेला पारेको छ । बुटवल उपमहानगर भित्र खुलेआम सडेको माछामासु बेच्ने गरेको रङ्गेहात फेला पारेपनि बजार अनुगमन टोलिले सडेको माछामासु बेच्ने व्यवसायीलाई सम्झाइबुझाई उन्मुक्ति दिएको छ । उपमहानगरपालिकाको बजार अनुगमन समितिले आज बुटवल उपमहानगरका माछामासु पसलको अनुगमनमा ८० किलो बढी सडेको माछामासु बेच्दै गरेको फेला पारेपनि बेच्नेहरुलाई चेतावनी मात्र दिएर छाडिएको हो ।

अनुगमनका क्रममा बुटवलको नेपालगन्ज रोडमा रहेको सददाम मासु तथा माछा पसलबाट ३८ किलो कुहिएको माछा र अस्पताललाईन स्थीत भुडकी चोकमा रहेको ताहिर मासु तथा माछा पसलबाट २५ किलो खसी बोकाको सडेको टाउको फेला पारेको थियो । अनुगमन टोलीले बुटवलको अस्पताललाईन संगै ईटाभट्टी, क्षेत्रका मासु पसलहरुको अनुगमन गरेको थियो। अनुगमनका क्रममा बिभिन्न मासु पसलहरुबाट सडे गलेका तथा अत्यन्त फोहर गरेर बिक्रि गर्न लागेको पाईपछि २० किलो जती माछा तथा मासु नष्ट गरेको छ । अनुगमन डोलिले फेला परेको ती मासुहरु बरामद गरेर नष्ट गरेपनि सर्वसाधारणको स्वास्थ्यलाई मजाक बनाउने माछामासु पसलेलेलाई भने अवदेखि त्यस्तो कार्य नगर्ने कागज गराएर उन्मुक्ति दिईएको छ ।

बुटवल उपमहानगर पालिकाका उप प्रमुख एवं बजार अनुगमन समितीका संयोजक गोमा देवी आचार्यको नेतृत्वमा गएको उपभोक्ता हित संरक्षण मन्च मासु ब्यवसायीका प्रतिनिधी सहितको टोलीले उपमहानगर क्षेत्रका मासू पसलहरुमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा खसी बोका भन्दै बाख्रीको मासु समेत बेच्द्यै गरेको अवस्थामा समितिले फेला पारेका थियो ।


प्रकाशित : २०७८ श्रावण १४, बिहीबार ०८:३२