
काठमाडौं, साउन १४
बिहीबार सेयर बजार १५ अंकले घटेको छ। सो अंकको गिरावटसँगै परिसूचक ३ हजार ७९ अंकमा कायम भएको छ। यसअघि हिजो हालसम्मकै उच्च अंक ३ हजार ९४ अंकको रेकर्ड बनेको थियो। सो दिन १३ अर्ब २९ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज भने १० अर्ब ९० करोडको सेयर किनबेच भयो।
होटल तथा पर्यटन र विकास बैंक समूह मात्रै बढेका छन्। होटल तथा पर्यटन समूह ४५ अंकले बढेको छ भने विकास बैंक समूह ५३ अंकले बढेको छ।
यस दिन बैंकिङ १०, ब्यापार ४, जलविद्युत २८, फाइनान्स ५३, निर्जीवन बीमा ६९, उत्पादन ५३, अन्य १२, माइक्रोफाइनान्स ४ र जीवन बीमा समूह ८६ अंकले घटे। कम्पनीअनुसार हेर्दा रिडी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९।९ प्रतिशतले बढेको छ। सो कम्पनीको मूल्य प्रतिकित्ता ७२९ रुपैयाँ कायम भयो।
आजबाट कारोबार सुरु भएको जीवन विकास लघुवित्तको मूल्य ८ प्रतिशतले बढेको छ। प्रतिकित्ता ९१४ रुपैयाँमा पहिलो कारोबार भएको कम्पनीको अन्तिम मूल्य ९८९ रुपैयाँ कायम भयो।सप्तकोसी विकास बैंक, युनाइटेड इदी मर्दी, चन्द्रागिरि हिल्सको मूल्य क्रमशः ७।६, ७।५ र ६ प्रतिशतले बढ्यो।
गुमाउनेमा भने गुडविल फाइनान्सका लगानीकर्ता अघि रहे। सो कम्पनीको मूल्य ७।३ प्रतिशतले घटेको छ। माउन्टेन हाइड्रो नेपालको ६, जानाकी फाइनानसको ५।५ प्रतिशतले मूल्य घट्यो।
कारोबारका आधारमा पनि गुडविल फाइनान्स सबैभन्दा माथि रह्यो। सो कम्पनीको ३३ क्रोड ९२ लाख रुपैयाँको सेयर किनबेच हुँदा हिमालयन डिस्टिलरीको २९ करोडको कारोबार भयो।

