सिनेमा क्षेत्रका प्रतिनिधिद्धारा अर्थमन्त्रीसँग आर्थिक राहत प्याकेज माग

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

 

काठमाडौं, साउन १४

हालै सरकार परिवर्तन भएपछि नयाँ आशा बोकेर उनीहरुले अर्थमन्त्री जनार्दन शर्मासँग भेटेरबुझाएका छन्।चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी र चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले आफ्ना मागसहित अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेर ज्ञापन पत्र ब्झाएका छन । निर्माता संघ अध्यक्ष अधिकारीले फेसबुकमा उक्त भेटको तस्बिर र प्याकेज आर्थिक राहत माग गरिएको अनुरोध पत्र सार्वजनिक गर्दै यसबारे जानकारी गराएका हुन्। भेटमा अतिप्रभावित सिनेमा उद्योगलाई मौद्रिक नीति मार्फत प्याकेज आर्थिक राहतको व्यवस्थाका लागि अनुरोध गरिएको छ।ज्ञापन पत्रमा सिनेमा उद्योगलाई बचाइराख्न सरकारसमक्ष मौद्रिक नीतिमा तीन वर्षपछिबाट साँवा ब्याज बुझाउने गरी ७ वर्षका लागि सुलभ कर्जा प्रवाह गरिएको छ।


प्रकाशित : २०७८ श्रावण १४, बिहीबार १०:१४