रुपन्देहीमा ३५ संक्रमित थपिदा, ३७ जना संक्रमणमुक्त

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

बुटवल साउन १४

रुपन्देहीमा पछिल्लो २४ घण्टामा ३५ जना नयाँ संक्रमित थपिदा ३७ जना संक्रमणमुक्त भएका छन । पछिल्लो २४ घण्टाको अवधिमा २५१ जनाको कोरोना परीक्षण गरिएकोमा ३५ जना संक्रमित थपिएका हुन ।

पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका १४, देवदह नगरपालिका ५ जना, तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका र शुद्धोधन गाउँपालिकाका ४–४, सिद्धार्थनगर नगरपालिका २ जना, कञ्चन गाउँपालिका र रोहिणी गाउँपालिका १–१ जना संक्रमित थपिएका स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा गरी जिल्लामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन् हाल जिल्लामा कोरोनाका संक्रिय संक्रमितको संख्या ३७० रहेका छन् ।


प्रकाशित : २०७८ श्रावण १४, बिहीबार ११:३१