बुटवलको साझा अस्पतालले आगामी तीन वर्षभित्रमा ७५ बेड थप विस्तार गर्ने

ByLumbini Darpan Online

१४ श्रावण २०७८, बिहीबार १२:१५ १४ श्रावण २०७८, बिहीबार १२:१५ १४ श्रावण २०७८, बिहीबार १२:१५

 

बुटवल ,साउन, १४

बुटवलको साझा अस्पतालले बेड क्षमता विस्तार गर्ने भएको छ । अस्पतालका अध्यक्ष गोविन्द खनालका अनुसार आगामी तीन वर्षभित्रमा ७५ बेड थप गरी एक सय बेड क्षमता पुर्‍याइने तयारीमा अस्पताल अगाडि बढेको छ ।सरकारले तोकेको मापदण्ड अनुसार बुटवल क्षेत्रमै आफ्नै जग्गामा भवन निर्माण गरी एक सय बेड क्षमताको सुविधासम्पन्न अस्पताल निर्माण प्रक्रिया अघि बढाइएको खनालले जानकारी दिए । सय बेडको क्षमता विस्तार गर्न करिब ४० करोड रुपैयाँ लगानी थपिने खनालले बताए ।अस्पतालले स्थापनाको दुई वर्षमा सेवा विस्तार गर्दै चार बेडको आईसीयू र पाँच बेडको एनआईसीयू सञ्चालनमा ल्याएको छ ।

अस्पतालमा साउनभित्रै सुविधा सम्पन्न १० बेडको निःशुल्क मिर्गौला डाइलासिस सुविधा समेत विस्तार गर्ने तयारी अन्तिम चरणमा पुगेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। लक्ष्मण शर्माले जानकारी दिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *