
बुटवल, साउन १५
जिल्लामा पछिल्लो २४ घण्टामा ३६ जना नयाँ संक्रमित थपिदा ४१ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा २४९ जनाको कोरोना परीक्षण गरिएमा ३६ जना नयाँ संक्रमित थपिएका हुन ।
पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका १६, तिलोत्तमा नगरपालिकामा ८ जना, सैनामैना नगरपालिकामा ३ जना, सिद्धार्थनगर नगरपालिका, देवदह नगरपालिका, कञ्चन गाउँपालिका र शुद्धोधन गाउँपालिकामा २–२ जना र ओमसतिया गाउँपालिकामा १ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको हो ।
पछिल्लो २४ घण्टाको अवधिमा गरी २ जना कोरोना संक्रमितको मृत्यु भएसँगै जिल्लामा ५१६ जनाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३६३ रहेको छ ।