ताजा अपडेट

आज गाईजात्रा पर्व मनाइँदै

भोटेकोशी बाढीपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पुनः सञ्चालनमा

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

उद्योगमा लगानी बढाउँदै पाल्पाली

लुम्बिनी दर्पण २०७८ श्रावण १८, सोमबार ०७:५६
[sharethis-inline-buttons]

सुशीला रेग्मी, साउन १८

रामपुर ९पाल्पा० ।पछिल्लो समय उद्योग व्यवसायमा लगानी बढ्दै गएको छ । गाउँमै बसेर आयआर्जनका निम्ति विभिन्न उद्योग सञ्चालन गर्ने युवाको अहिले होडबाजी नै छ । पाल्पा पहाडी जिल्ला भए पनि सदरमुकाम तानसेनमा मात्र नभई गाउँगाउँमा पनि उद्योग खुल्ने क्रम बढिरहेको छ ।घरेलु तथा साना उद्योग कार्यालय पाल्पामा आर्थिक वर्ष २०७७र७८ मा ६१९ उद्योग र ३८३ वटा वाणिज्य फर्म गरी जम्मा एक हजार दुई फर्म दर्ता भएको पाइएको छ । यहाँ दर्ता भएका उद्योग तथा फर्मबाट रु ६५ लाख राजश्व सङ्कलन भएको छ । दर्ता भएका उद्योगहरूमध्ये अधिकांश प्राइभेट उद्योग रहेका छन् भने केही साझेदारी र प्रालि उद्योग छन् ।

उत्पादनमुलक ५१, कृषि तथा वनजन्य ४२८, पर्यटन र सेवामूलक ७०र७० वटा दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्यम विकास सहजकर्ता मनोज घिमिरेले जानकारी दिए । पछिल्लो समय महिलाको नाममा उद्योग दर्ता हुने क्रम बढ्दो छ । यसवर्ष दर्ता भएका उद्योगमध्ये २९८ महिलाको नाममा छन् । जुन अघिल्लो आवभन्दा बढी हो । पुरुषको नाममा ३८९ उद्योग दर्ता भएको उद्यम विकास सहजकर्ता घिमिरेले जानकारी दिए । वाणिज्य फर्मतर्फ दर्ता भएका फर्महरूमा अधिकांश किराना पसल रहेको पाइएको छ ।

आव २०७७र७८ मा दर्ता भएका उद्योगमा रु एक अर्ब २१ करोड ४३ लाख लगानी गरेका छन् भने वाणिज्य फर्महरूको रु ५४ करोड ८१ लाख लगानी परेको छ । दर्ता भएका उद्योगमा दुई हजार ३३६ जनाले रोजगारी प्राप्त गरेका छन् । यसैगरी कार्यालयमा आव २०७७र७८ मा उद्योग ४६० र वाणिज्य फर्म ६६१ गरी जम्मा एक हजार १२१ फार्म नवीकरण गरिएको छ । एक सय दुई उद्योग र १४३ वाणिज्य फर्म गरी जम्मा २४५ लागत कट्टा भएका छन् भने पुँजी वृद्धि, कारोबार परिवर्तन, नामसारी, ठाउँसारीलगायत एक हजार १०१ वटा कार्य भएका छन् ।

उद्योग दर्ता गरेपछि पाँच वर्षसम्म नवीकरण गर्नु नपर्ने र त्यसपछि दुईरदुई वर्षको अवधिमा नवीकरण गर्ने गरिन्थ्यो भने हाल तीनरतीन वर्षको अवधिमा उद्योग दर्ता गर्ने व्यवस्था छ ।पछिल्लो क्रममा प्रदेश सरकाले जारी गरेको कानून बमोजिम पाँच लाखभन्दा कम पुँजी लगानी भएका उद्योग तथा वाणिज्य फर्म स्थानीय तहबाट नियमन गर्ने व्यवस्था भएकाले यस कार्यालयमा लगतकट्टा गर्ने सङ्ख्या वृद्धि भएको हो । प्रदेश सरकारले कोभिडको कारणले विदेशबाट फर्केका युवालाई उद्योग दर्तामा पूर्ण छुट दिएकाले गत आवमा जिल्लामा उद्योगीको सङ्ख्या बढेको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका प्रमुख उद्योग अधिकृत देवीराम भण्डारी बताउछन।

प्रदेश सरकारबाट प्राइभेट फर्म ऐन, २०७६ र साझेदारी ऐन २०७६ ले महिला, दलित, अपाङ्गता भएका नागरिकलाई उद्योगमा ५० प्रतिशत रकम छुट दिएकाले उद्योगी वर्षेनी बढ्दै गएका हुन् । “नागरिक आयआर्जनमूलक क्षेत्रमा आफैँ सचेत भएका कारणले पनि उद्योग क्षेत्रमा लगानी गर्न थालेका छन्, पछिल्लो समय पाल्पामा उद्योगमा धेरैले लगानी गरेर व्यवसाय बन्ने क्रम बढेको छ”, अधिकृत भण्डारीले भने।

उनका अनुसार दर्ता भएका उद्योगमध्ये बढीमा ८० प्रतिशतले कृषि उद्योग छन् । वार्षिक कार्यक्रमबाट यस वर्ष घरेलु तथा साना उद्योग कार्यालयले विभिन्न नौ वटा तालीम सञ्चालन गरेर ९० जनालाई सीप विकास तालीम प्रदान गरेको छ ।

कार्यालयले जिल्लाका ६२ जना उद्यमीलाई प्रविधि हस्तान्तरण गरेको छ भने पाल्पाका उद्यमीले उत्पादन गरेको वस्तुको बजारीकरणका लागि पर्यटकीय स्थान सिद्धबाबामा कोसेली घर सञ्चालनमा ल्याएको छ । अदुवा उत्पादन हुने पूर्वी पाल्पामा अदुवा प्रशोधन गर्ने उद्देश्यले निस्दी गाउँपालिका–५ स्थित ढुङ्गानावेशीमा रहेको गल्धा सामाजिक उद्यमी महिला सहकारीलाई अदुवा प्रशोधन उद्योग स्थापना गर्न मेसिनरी सामग्री सहयोग गरेको छ ।

जिल्लाका १० वटै पालिकाका दुईरदुई विद्यालयमा उपभोक्ता जागरण शिक्षा सञ्चालन कार्यक्रमबाट एक हजार बढी लक्षित वर्गका नागरिक लाभान्वित भएका छन् । सधैँ अर्काको परनिर्भरतामा रहेका यहाँका महिलाहरू हिजोआज घरेलु उद्योग सञ्चालन गरेर आत्मनिर्भरतातर्फ उन्मुख हुँदै गएका छन् । महिलालाई उद्योग दर्तामा छुट दिएकाले हालसालै रामपुरमा आकाङ्क्षा किराना स्टोर्सका नाममा उद्योग दर्ता गरेको आकाङ्क्षा घिमिरे बताउछन ।

उनी भन्छन, “महिलाका नाममा ५० प्रतिशत दर्ता छुट हुन्छ भन्ने सुनेपछि नयाँ आर्थिक वर्ष शुरु भए लगत्तै घरेलु तथा साना उद्योग कार्यालयमा पुगेर मेरो आफ्नै नाममा व्यवसाय दर्ता गरी अब पसल चलाउने तयारी गरेको छु” । आव २०७६र७७ मा ४०० सात नयाँ उद्योग थपिएका छन् । जसमा लघु उद्यम नौ, घरेलु उद्यम तीन र साना उद्यम ३९५ दर्ता भएका छन् । तीमध्ये उत्पादनमूलक ४२, कृषि तथा वनजन्यमूलक १५५, पर्यटनमूलक १४८, सेवामुलक ६२ उद्योग दर्ता भएका छन् । महिलाको नाममा १८१ र पुरुषको नाममा २४३ उद्योग दर्ता भएको पाइएको छ ।

आव २०७५र७६ मा उत्पादनमूलक ५२, कृषि तथा वनजन्यमूलक १११, पर्यटनमूलक ९७ र सेवामूलक ११० गरी जम्मा ३७० उद्योग थपिएका थिए जसमा ९६ जना महिला उद्यमी रहेका छन् । यहाँ दर्ता भएका उद्योगमा साझेदारीका उद्योगमा रु ५० लाख र प्रालि तर्फका रु एक करोड र कृषि उद्योग रु १५ लाखदेखि २० लाखसम्म दर्ता भएको पाइएको छ । घरेलु उद्योग दर्ता गर्ने क्रम बढ्दै जाँदा जिल्लामा धेरैलाई रोजगारीको अवसर मिलेको छ । कार्यालयले लघु, घरेलु तथा साना उद्योग मात्र दर्ता गर्न पाउने अधिकार रहेको छ ।

दश करोडसम्म पुँजी भएका उद्योगलाई साना उद्योग, १० करोडदेखि २५ करोडसम्म पुँजी भएका उद्योगलाई मझौला उद्योग र २५ करोडदेखि माथिका उद्योगलाई ठूला उद्योगका रूपमा वर्गीकरण गरिएको छ । दश करोड माथिका उद्योग विभागमा पुगेर दर्ता गर्नुपर्ने प्रावधान छ । स्रोत रासस


प्रकाशित : २०७८ श्रावण १८, सोमबार ०७:५६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

आज गाईजात्रा पर्व मनाइँदै

भोटेकोशी बाढीपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पुनः सञ्चालनमा

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

भर्खरै

  • आज गाईजात्रा पर्व मनाइँदै

  • भोटेकोशी बाढीपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पुनः सञ्चालनमा

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech