आजको सेयर बजार

[sharethis-inline-buttons]

 

काठमाडौँ ,साउन १९

सेयर बजार सूचक नेप्से परिसूचक २६।०२ अंकले बढेर ऐतिहासिक उचाइमा पुगेको छ । नेप्से ०।८४ प्रतिशतले बढेर ३१११।०९ बिन्दुमा पुगेको हो । सात कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । जसमध्ये दुई कम्पनीको सेयर मूल्य बढेर सर्किट ब्रेकर नै लागेको छ । पाँचथर पावर कम्पनी र रु रु जलविद्युत्‌को मूल्यमा सर्किट ब्रेकर लागेको हो ।

विकास बैंक र म्युचुअल फन्डबाहेक सबै समूहका परिसूचक सकारात्मक छन् । जीवन विकास लघुवित्त, युनियन लाइफ इन्स्योरेन्स, घलेम्दी हाइड्रोपावर, लिबर्टी इनर्जी कम्पनी र स्वाभलम्बन लघुवित्तको सेयर मूल्य नौ प्रतिशतभन्दा बढी दरमा वृद्धि भएको छ । ११ अर्ब ५२ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । दुई करोड ११ लाख कित्ता सेयर किनबेच भएको छ ।


प्रकाशित : २०७८ श्रावण १९, मंगलवार १०:४४