साउन १९
घण्टामा भारतमा भारतमा कोरोना भाइरसबाट थप ३० हजार ५४९ जना संक्रमित थपिदा ३८ हजार ८८७ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । । कोरोना भाइरसबाट संक्रमितको कूल संख्या तीन करोड १७ लाख २६ हजार ५०७ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ।
भारतमा अहिले पनि सक्रिय संक्रमितको संख्या चार लाख, चार हजार ९५८ रहेका छन् । यो संख्या कूल संक्रमितको १।२८ प्रतिशत हो ।
कोरोना भाइरसका कारण भारतमा एकैदिन ४२२ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण कूल मृतकको संख्या चार लाख २५ हजार १९५ पुगेको पनि मन्त्रालयका अधिकारीले जनाएका छन् ।



















