
बुटवल , साउन २०
बुटवलका ३५ वर्षिय युवा उत्सव सिंह अमेरिकाको प्रतिष्ठित पत्रिका मसल्स एण्ड फिट्नेसद्वारा आयोजना गरिएको ‘फिचर फोटो’ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। जुलाई ३० का शुक्रबार दिउसो अमेरिकी पूर्वीय समय १२ बजे पछि सेमीफाइनलबाट फाइनल प्रवेश गर्दै फड्को मारेका छन्।
फाइनलको मतदान अगस्त ५ सम्म राती ७ बजे ९प्यासिफिक समय०सम्म रहने छन् । अन्तिम चरणको लागि मतदान सुरु भै सकेको छ । ८ वटा समुह रहेकोमा उनि आफ्नो समूहबाट प्रथम भै अन्तिम चरण ९फाइनल०मा पुग्दै अब उनले ८ जनासंग प्रतिस्प्रद्धा गर्नु पर्नेछ । उक्त प्रतियोगितामा बिजेता भएमा प्रथम हुनेलाई २० हजार डलर पुरस्कार प्रदान गरिने छ ।
यस अघिनै नेचुरल बडिबिल्डिङ्गमा दुई वटा स्वर्ण पदक जितेका नेपाली युवा उत्सवले यो प्रतियोगिता पनि जित्न र प्रतिष्ठित पत्रिका मसल्स एन्ड फिट्नेसको फिचर फोटोमा आउनका लागि आफूलाई भोट गर्न नेपालीहरुमा अपील गरेका छन् । त्यसैगरी बुटवलबाट उनका पिता महेन्द्र बहादुर सिंहले पनि उत्सवलाई भोटगरी जिताउन र नेपालीको शान बढाउन आग्रह गरेका छन् ।
उनलाई भोट गर्नका लागि https://featured.muscleandfitness.com/2021/utsav-sing लिंकमा गई निःशुल्क भोट गर्न सकिन्छ ।

