
काठमाडौं , साउन २१
आज सेयर कारोबार मापक नेप्से परिसूचक १६ अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको सेयर कारोबार हुने अन्तिम दिन बिहीबार नेप्से परिसूचक १६ अंकले घटेको हो ।
आज कुल २२६ कम्पनीको दुई करोड ८८ लाख ४५ हजार ४३१ कित्ता सेयर १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९६५ रुपैयाँमा किनबेच भएको छ। सेन्सिटिभ इन्डेक्समा भने सामान्य वृद्धि भएको छ। सेन्सिटिभ इन्डेस्कस ०।११ अंकले वृद्धि भएको छ।
यस्तै बिहीबार बैंकिङ र विकास बैंक समूहका परिसूचकमा सामान्य वृद्धि भएको छ। विकास बैंक समूहको परिसूचक दुई दशमलव २१ प्रतिशतले बढेको छ भने बैंकिक समूहको परिसूचक ०।०१ प्रतिशतले वृद्धि भएको छ।
जलविद्युत् समूहमा भने दुई दशमलव १६ प्रतिशतले गिरावट आएको छ ।नेप्से घटेपनि तीन कम्पनीको सेयर १० प्रतिशले वृद्धि भएको छ। नेपाल फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक र जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको हो।पाँच कम्पनीको सेयर भने पाँच प्रतिशत बढीले गिरावट आएको छ।

