भारतमा थप ४४ हजार नयाँ सङ्क्रमित थपिदा,४१ हजार ९६ जना सङ्क्रमणमुक्त

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

साउन २२

\
भारतमा ४४ हजार ६४३ जना कोरोनाका बिरामी थपिएका छन । थपिएका सङ्क्रमितसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेको सङ्ख्या चार लाख १४ हजार १५९ पुगेको सरकारी अधिकारीले जानकारी दिएका छन ।

भारतमा २४ घण्टामा भारतमा ४१ हजार ९६ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । एउटै समयमा

भारतमा अहिले सङ्क्रमणमुक्त भएको कूल सङ्ख्या तीन करोड १० लाख १५ हजार ८४४ पुगेको मन्त्रालयले जनाएको छ । ४६४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ ।

भारतमा अहिलेसम्म ४९ करोड ५३ लाख २७ हजार ५९५ भन्दा बढीलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको अधिकारीहरुले जानकारी दिएको छ ।


प्रकाशित : २०७८ श्रावण २२, शुक्रबार ०८:३८