
काठमाडौं , साउन २४
साताको पहिलो कारोबार दिन समेत रहेको आइतबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । आज नेप्से परिसूचक ०।६६ अंकले बढेर ३ हजार १०८।१२ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ । यस दिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत ०।७८ अंकले बढेर ५७८।०९ विन्दुमा पुगेको नेप्सेले जनाएको छ ।
त्यसैगरी बैंकिङ, हाइड्रोपावर, फाइनान्स, म्युचुअल फण्ड सकारात्मक देखिएको यस दिन कारोबार रकम भने अधिकतम १४ अर्ब माथिको भएको छ ।आज कुल २२७ कम्पनीका २ करोड ६९ लाख ६९ हजार कित्ता माथिको सेयर १ लाख २६ हजार बढी पटक बजारमा किनबेच हुँदा १४ अर्ब ३० करोड ८१ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।

