नेपाल राष्ट्र बैंकले मौद्रिक नीति आज सार्वजनिक गर्दै

[sharethis-inline-buttons]

काठमाडौं , साउन २९

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारीमा लागेको छ । राष्ट्र बैंक सञ्चालक समितिको आज बसेको बैठकले नीति पारित गरेको हो । आज सार्वजनिक गर्न लागिएको मौन्द्रिक नीतिले कोरोना प्रभावित व्यवसाय तथा बैंक, वित्तीय क्षेत्रका लागि केही खास व्यवस्था गरेको बताइएको छ ।

मौद्रिक नीति हरेक वर्ष साउनको पहिलो साता सार्वजनिक हुँदै आए पनि यसपटक सरकार परिवर्तनलगायतका कारणले केही समय ढिला हुन पुगेको हो ।


प्रकाशित : २०७८ श्रावण २९, शुक्रबार ०८:३८