कपिलवस्तुको कोइली खोलाले बगाएका युवा अझै भेटिएनन्, खोजी कार्य जारी

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको वाणगंगा नगरपालिका ९ कोइली खोलाले बगाएर बेपत्ता पुरुष अझै फेला परेका छैनन् । अर्घाखाँची धारापानीका अन्दाजी ४० बर्षिय पशुपति पौडेल बिहिबार नदि तर्नेक्रममा कजवेपुलमाथि आएको बाढीले बगाएर बेपत्ता भएका थिए ।

पौडेलको बिहिबार साँझ बाटनै खोजीकार्य गरिएपनि अझैसम्म फेला पार्न नसकिएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । पौडेलको नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र बल, गोताखोर टोलीले खोजि कार्य जारी राखेको छ ।

तर लगातारको वर्षाका कारण नदीमा पानीको बहाव उच्च हुँदा केहि असहज भए तापनि सुरक्षाकर्मी निरन्तर लागिपरेको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरु निरिक्षक दिनेश गुरुङले जानारी दिएका छन् ।

वाणगंगाको भलवाड जोड्ने उक्त कजवेपुलमा आएको बाढीका कारण धेरै जनधनको क्षेती भएको छ भने पानी पर्दा स्थानीयहरु जोखि मोलेरै यात्रा गर्न बाध्य छन् । बर्षेनी यो समस्या ज्युँकात्युँ रहदा सम्बन्धित निकायले पहल गर्न सकेको छैन ।

 


प्रकाशित : २०७८ श्रावण २९, शुक्रबार १२:२५