बुटवल, साउन ३२
रुपन्देहीमा जारी निषेधाज्ञा आज राति १२ बजेबाट सकिदैँ छ । ‘कोरोना संक्रमणको जोखिम पनि बढिरहेको छ, अब के गर्ने भनेर बैठकले निर्णय गर्ने छ ।’प्रमुख जिल्ला अधिकारी तामाङले भने । हरितालिका तीज नजिकिदै गरेको र होटेल तथा पार्टी प्यालेसमा भिडभाड बढ्न नदिन केही कडाई गर्ने सम्भावना समेत रहेको उनले जानकारी दिए ।
आज दिउँसो ४ बजेबाट डिसीएमसीको बैठक बसेर निषेधाज्ञाका बारेमा निर्णय गर्ने जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।




















