एजेन्सी, भदौँ
तालिवानले अफगानिस्तान कब्जा गरेसँगै अफगानिस्तानका अधिकारीलाई आममाफी दिने घोषणा गरेको छ । तालिवानले मंगलबार उक्त घोषणा गरेको हो । तालिवानको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘अफगानिस्तानमा सामान्य परिस्थिती बनाउन चाहने अफगानी सरकारीअधिकारीहरुलाई आममाफी दिने घोषणा गरेको छु ।
पश्चिमी मुलुकहरुले आफ्नो नागरिकालाई उद्वार गर्न सक्दो प्रयास गरिरहेको जनाइएको छ । तालिवानले काबुलस्थित रहेको काबुल विश्व विद्यालय र शिक्षा मन्त्रालय नियन्त्रणमा लिएपछि त्यहाँका महिलाहरुले पढ्ने र पढाउन अवसर समेत पाउने आश्वासन दिएका छन् ।