ताजा अपडेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

त्यो सम्झौता जसले तालिबानलाई अफगान सत्ता कब्जा गर्न सघायो

लुम्बिनी दर्पण २०७८ भाद्र ३, बिहीबार ११:०१
[sharethis-inline-buttons]

 

काठमाडौँ, भदौँ ३
न्यूयोर्क र वाशिङ्टनमा सन् २००१ मा सेप्टेम्बर ११ मा भएको हमलापछि अमेरिकी नेतृत्वको पश्चिमा फौजले तालिबानलाई काबुलबाट हटाइदिए। लगभग दुई दशकपछि अहिले फेरि उक्त इस्लामिक सशस्त्र समूह अफगानिस्तानको राजधानीमा फर्किएको छ।

लगभग पूरा देशलाई आफ्नो नियन्त्रणमा लिए काबुलको सत्ता लिएका उनीहरूले राष्ट्रपति भवनमा खुसीसाथ सेल्फी तस्बिर लिए। र यसमा सबैभन्दा आश्चर्य कुरा के थियो भने अमेरिका र उसको साझेदारको पराजयका कारण यो अवस्था आएको होइन। बरु त्यो त सावधानीपूर्वक गरिएको शान्ति सम्झौताका कारण भएको थियो। एकजना अमेरिकी राष्ट्रपतिद्वारा हस्ताक्षर गरिएको र उनका उत्तराधिकारीद्वारा कार्यान्वयन गरिएको उक्त हस्ताक्षरमा के कमी थियो र त्यो यस्तो भयानक गल्ती बन्न पुग्यो ?

अमेरिकाले तालिबानसँग किन सम्झौता गर्‍यो ?
वर्ल्ड ट्रेड टावर ध्वस्त भएको भोलिपल्ट अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले प्रतिज्ञा गरेका थिए, “यो लडाइँमा समय र सङ्कल्प लाग्नेछ तर त्यसबारे कुनै गल्ती हुनेछैन र हामी युद्ध जित्नेछौँ।” वास्तविकतामा चाहिँ अमेरिका कहिल्यै तालिबानमाथि सैन्य विजयको नजिक पनि पुगेन।

तथापि सेप्टेम्बर ११ को हमलामा जिम्मेवार अलकायदाका लडाकुलाई शरण दिएको उक्त समूह नेटोको हस्तक्षेपसँगै सहरी क्षेत्रबाट व्यापक रूपमा पछि धकेलियो। तालिबानले पुनस् सङ्गठित हुन लामो समय लगायो र सन् २००४ पछि उक्त समूह नयाँ अफगान सरकार र पश्चिमा फौजविरुद्ध विद्रोह सुरु गर्नसक्ने अवस्थामा थियो। बढ्दो हमलाहरूको प्रतिकार गर्न अमेरिकी राष्ट्रपति बराक ओबामाले सन् २००९ मा नेटो सेनाको सङ्ख्या बढाउने निर्णय गरे।

सबैभन्दा धेरै नेटो फौज भएका बेला अफगानिस्तानमा त्यसको सङ्ख्या एक लाख ४० हजारसम्म पुगेको थियो। त्यसले फेरि एक पटक तालिबानलाई पछि धकेल्न त मद्दत गर्‍यो तर त्यसका असरहरू दीर्घकालीन थिए। उक्त द्वन्द्व अमेरिकाको सबैभन्दा लामो युद्ध बन्यो। अफगान युद्धमा उसले करिब ९७८ बिलियन डलर खर्च गर्‍यो भने २,३०० को जीवन गुम्यो। यो अमेरिकीबीच एकदमै अलोकप्रिय हुँदै गयो र उक्त युद्धको हिस्सेदार नबन्न दबाव बढ्दै गयो।

यद्यपि सन् २०१४ पछि औपचारिक रूपमा अमेरिकी सेनाहरू तालिम र सहयोगमा केन्द्रित हुँदा प्रतिवर्ष मारिने अमेरिकी सैनिकहरूको सङ्ख्यामा तुलनात्मक रूपमा कमी आयो। सन् २०१९ मा अफगान राष्ट्रपति अशरफ गनीले विगत पाँच वर्षमा ४५,००० अफगान सुरक्षाकर्मीले शाहदत प्राप्त गरेको बताएका थिए। यस्तो अवस्थामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबानसँग सम्झौता गर्ने वार्तालाई निकै तीव्र बनाए र सन् २०२० को फेब्रुअरीमा एउटा सम्झौतामा हस्ताक्षर गरे। उनी त्यस वर्षको राष्ट्रपतीय निर्वाचनको दौडमा थिए र उनी उक्त सम्झौताबारे कुरा गर्दा प्रसन्न हुन्थे।

सम्झौतामा के छ ?
सम्झौतामा अमेरिका बाँकी रहेका सेनालाई फिर्ता गर्न सहमत भएको छ। तालिबानले चाहिँ अलकायदा वा अन्य अतिवादी समूहलाई उसले नियन्त्रण गरेको क्षेत्रमा सञ्चालन हुन नदिन सहमत भएको छ। त्यसले बन्धक १,००० अफगान सुरक्षाकर्मीको बदलामा ५,००० तालिबान कैदीहरूलाई छाड्ने कुरामा पनि जोड दिएको छ।

त्यस्तै तालिबानमाथिको प्रतिबन्ध हटाउने भनिएको छ। उक्त सम्झौतामा तालिबान र अमेरिका मात्र संलग्न थिए। त्यसमा तालिबानले पछि अफगान सरकारसँग देशलाई भविष्यमा कसले र कसरी शासन गर्ने भन्नेबारे समझदारी गर्ने योजना पनि राखिएको थियो। अफगानिस्तानका सुरक्षाकर्मी तयार पार्न ८८।३२ बिलियन डलर खर्च भएको थियो।

त्यहाँ सिद्धान्ततस् तीन लाख फौज थिए। वार्ता हुँदा ती सुरक्षाकर्मीले सुरक्षा दिने भनिएको थियो। ट्रम्पले उक्त सम्झौतालाई “अद्भुत सम्झौता” भनेका थिए।

के दुवै पक्ष सम्झौतामा कायम रहे ?
अमेरिकाले ट्रम्पकै पालामा पहिलो खेप अमेरिकी सैनिकहरू फिर्ता गर्‍यो। सरकार र तालिबानबीच गत वर्ष सेप्टेम्बरमा आमनेसामने वार्ता सुरु भयो। तर उनीहरू कहिल्यै पनि सम्झौताको नजिक पनि पुगेनन्। न्यून प्रगतिका बावजूद तालिबानका विरोधीहरू उक्त सम्झौता दुर्घटनामा पर्दैन भन्नेमा अडिग रहे।

“यो भियतनाम होइन,” अफगान राष्ट्रपतिले गत फेब्रुअरीमा बीबीसीसँग भनेका थिए, “यो ढल्ने सरकार होइन।” गत जुलाईमा तालिबानका एकजना प्रवक्ताले दाबी गरेका थिए, “लडाइँको मैदानमा हामी माथि भए पनि वार्ता र छलफलका लागि हामी अत्यन्त गम्भीर छौँ।” त्यसबेला पनि उनीहरूले एक हप्तामा १० वटा प्रान्तीय राजधानी कब्जा गरेका थिए।

अफगानिस्तान
अहिलेका अमेरिकी राष्ट्रपति जो बाइडनले ट्रम्पका लगभग अरु सबै नीतिप्रति असहमत हुँदाहुँदै अफगान मामिलामा आफ्ना पूर्ववर्तीकै निर्णयलाई कार्यान्वयन गरे। उनले गत महिना “एउटा अलग्गै कुनै परिणाम प्राप्त गर्ने उचित अपेक्षाबिना आफूले अर्को पुस्ता अमेरिकीहरूलाई अफगानिस्तानमा लड्न नपठाउने” बताएका थिए।

त्यसबेला उनले तालिबानले सबैथोक कब्जा गर्न नसक्ने बताएका थिए। र हालैका दिनका घटनाक्रम पछि पनि उनी आफ्नो निर्णयमा अडिग भएको जस्तो देखिएको छ। तर कैयौँ मानिसहरूका लागि गत वर्षको सेप्टेम्बरमा विश्वको सबैभन्दा शक्तिशाली सेनासँग सम्झौता गरेपछि तालिबान नेता मोहम्मद अब्बास स्टानजाईले भनेको कुरा सत्य लाग्न सक्छ। उनले त्यसबेला भनेका थिए, “हामीले युद्ध जित्यौँ भन्नेमा कुनै शङ्का छैन। यसमा कुनै सन्देह छैन।”बीबीसी


प्रकाशित : २०७८ भाद्र ३, बिहीबार ११:०१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

भर्खरै

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

  • देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

  • अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech