वाग्मती प्रदेशको प्रमुखमा यादव चन्द्र शर्मा नियुक्त

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ भदौ ४, काठमाण्डौ
राष्ट्रपति विद्यादेवी भण्डारीले वाग्मती प्रदेशको प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्त गर्नुभएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले विष्णुप्रसाद प्रसाईँलाई पदमुक्त गरेर शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर जानकारी गराएको छ ।

राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा संविधानको धारा एक सय ६५ को उपधारा १ को खण्ड ख अनुसार प्रसाईँलाई पदमुक्त गरेर संविधानको धारा एक सय ६३ को उपधारा २ अनुसार शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेको उल्लेख छ ।


प्रकाशित : २०७८ भाद्र ४, शुक्रबार १०:१३