ताजा अपडेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

जलवायु परिवर्तन : विश्व सम्मेलनमा नेपालका मुद्दा के ?

लुम्बिनी दर्पण २०७८ भाद्र ४, शुक्रबार ११:१५
[sharethis-inline-buttons]

 

काठमाडौँ ,भदौँ ४
जलवायु परिवर्तानसँग सम्बन्धित ठानिएका एकपछि अर्को अप्रत्यासित विपद सामना गर्न वाध्य भएको नेपालले अढाइ महिनापछि ब्रिटेनमा हुन लागेको जलवायु सम्मेलनमा अनुकूलनले मात्र अब नधान्ने भएकाले गरिब मुलुकहरूलाई परेका हानि नोक्सानीबारे पनि छलफल हुनुपर्ने बताएको छ।

जलवायु परिवर्तनका कारण उत्पन्न परिस्थितिहरूसँग अब अनुकूलनले मात्र नथेग्ने स्तरका क्षतिहरू हुन थालेका र तिनको निराकरण गर्ने क्षमता र स्रोत आफूहरूसँग नभएको नेपाली अधिकारीहरूले बताएका छन्।

अप्रत्यासित तथा लगालग क्षति
गएको हिउँदमा नेपालले दशकौँ यताकै सबभन्दा भिषण मानिएको डढेलो बेहोर्‍यो। कैयन् दिनसम्म राजधानी काठमाण्डू सहित देशका कतिपय स्थानहरूमा घामै छोपिनेगरि लगातार हानिकारक धुँवाको तुवाँलो लाग्यो।

असारमा बर्खा सुरु हुनासाथ सिन्धुपाल्चोकमा भयानक लेदो सहितको बाढी आयो र त्यसमा दुई दर्जन मानिसहरूको ज्यान गएको अनुमान गरिएको छ। त्यसबाट अर्बौँको लगानी भएको मेलम्ची खानेपानी परियोजनानै अनिश्चयमा परेको छ। गएका केही वर्षयता पहिरोको सङ्ख्या त्यसले पुर्याउने घातक क्षति झन् झन् बढ्दो छ।

यो वर्षको वर्खाको पहिलो दुई महिनामा नै पहिरोले ३४ जनाको ज्यान लिइसकेको अधिकारीहरू बताउँछन्। हालै मात्र उत्तरी गोर्खाको विकट भेगमा हम्मेसी पानी नपर्ने ठाउँमा समेत बर्खाका बेला ठूल्ठूला पहिरो गएर ५० हजार वर्गमिटरको मलिलो जमिन पुरिएको खबर आयो।

असर
त्यसलाई इँगित गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले यो जलवायु परिवर्तनको असर नभए के हो तरु भनेर ट्वीट गरेका थिए।

यी हरेक घटनालाई सोझै जलवायु परिवर्तनको असर भनेर ठोकुवा गर्ने अध्ययन नभएतापनि जलवायु परिवर्तनले पुर्‍याइरहेको असरले संसारभरि मौसम प्रणाली खलबलिएको र तिनले यस्तै अतिवृष्टि, खडेरी, व्यापक डढेलो, हिमताल विस्फोटन जस्ता अप्रत्यासित विपदहरूको सङ्ख्या र स्तर बढाइदिने वैज्ञानिकहरूले बताइरहेका छन्। संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तनसम्बन्धी निकायले अघिल्लो साता जारी गरेको अत्यासलाग्दो प्रतिवेदनमा पनि खासगरि कार्बन उत्सर्जनका कारण बढ्दो तापक्रमले मनसुनजस्ता मौसम प्रणाली खलबलिएको उल्लेख छ।

अर्थात् अबका दिनमा बर्खा मौसम भनेको पानी परिरहने चार महिना होइन कि अत्यन्त धेरै पानी एकैपटक पर्ने र फेरि सुख्खा लाग्ने समयको रूपमा बदलिन सक्ने ठानिन्छ। साथै धेरै विपदको सम्मिश्रण हुने वा ‘कम्पाउन्ड’ विपदहरू अब झन् धेरै हुने वैज्ञानिकहरूले जनाइरहेका छन्। कतै माथि हिमाली क्षेत्रमा हिमताल विस्फोट हुने जसले तलतिर बाढी अनि पहिरो निम्त्याउने, पहिरोले खोला थुन्ने अनि तल्लो तटमा झन् ठूलो बाढी र डुबान ल्याउने जस्ता घटनाबारे उनीहरूले सजग गराइरहेका छन्।

अनुकूलनमात्र अपर्याप्त हुँदै
यो सामान्य चेतावनी होइन। मौसममा आउने उथलपुथलले विगतमा जलवायु परिवर्तनका असरबाट बच्न अपनाइएका अनुकूलनका उपायहरू अब पर्याप्त नहुने र गरिब अनि न्यून कार्बन उत्सर्जन गर्ने नेपाल जस्ता मुलुकमा आइपर्ने “लस एन्ड ड्यामेज” भनिने यस्ता ठूल्ठूला हानिनोक्सानीको कतैबाट लेखाजोखा र क्षतिपूर्ति हुनुपर्ने आवाज उठिरहेका छन्।

यी विषय नोभेम्बरमा हुने जलवायु सम्मेलनमा उठाइने वन तथा वातावरण मन्त्रालयअन्तर्गतको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाकी प्रमुख, सहसचिव राधा वाग्लेले बताइन्। “यसपाली जलवायुजन्य हानीनोक्सानीका कुरा पनि हामी जोडदारसँग उठाउँछौँ,” उनले बीबीसीलाई भनिन्।

मन्त्रालयका प्रवक्ता बुद्धिसागर पौडेलले पनि यसबारे विकसित देशहरूसँग प्रतिबद्धता खोजिएको बताए। “अनुकूलन भनेको हाम्रो क्षमताले धान्न सक्ने बनाउने भनेको हो। बाँसको हाँगा नुह्यो भने त्यसलाई सिधा पार्ने भनेको जस्तो,” पौडेल भन्छन्। “तर यहाँ त हाम्रो क्षमताले नधान्ने स्तरमा हानिनोक्सानी हुँदैछ। त्यसबारे विकसित देशहरूले सघाउन पर्ने अनि प्रतिबद्धता चाहिने हामीले देखेका छौँ,” उनले भने।

वाग्लेका अनुसार जलवायुजन्य हानिनोक्सानीको व्याख्या गर्नेगरी तथा त्यसको खाका बनाउने गरी अध्ययन गरिएको छ। “यसले क्षति कम गर्न वा हुनै नदिन केही सुझावहरू दिएको छ। क्षतिपूर्तिका निम्ति बीमा वा चेतावनी प्रणालीहरूको विकास गर्नेबारे त्यसमा उल्लेख छ,” उनले भनिन्।

नीतिगत औजार
विगत कैयन् वर्षदेखि विकासोन्मुख देशहरूले अनुकूलन तथा क्षति न्यूनीकरणलाई जलवायु परिवर्तनसँग जुझ्ने प्रमुख नीतिगत औजार बनाइरहेका छन्। तर अब त्यो मात्रै अपुग हुने धेरैले ठानेका छन्।

विश्वव्यापी जलवायु परिवर्तन विषयका जानकार अजय दीक्षित भन्छन्, “गएको आठ(दश वर्षमा प्रभाव यति धेरै परेको छ कि अनुकूलनले मात्र यसलाई बेहोर्न सक्दैन। त्यसलाई धेरै कार्बन उत्सर्जन गर्ने देशहरूले क्षतिपूर्ति गर्नुपर्छ भन्ने एउटा प्रबल धारणा अन्तर्राष्ट्रिय रूपमै छ।” दीक्षित भन्छन्, “तर त्यो निकै विवादित पनि छ। कुनै क्षति भएको घटना जलवायु परिवर्तनकै कारण भएको भनेर यकीन गर्ने स्थिति नहुने हुनाले यसमा चुनौती छ।”

जलवायु परिवर्तनको मुद्दामा अतिकम विकसित मुलुकहरूको तर्फबाट राष्ट्रसङ्घमा छलफल गर्ने समूहका प्रमुखको एकजना सल्लाहकार समेत रहेका मन्जित ढकाल अब नेपालजस्ता देशले कार्बन उत्सर्जन घटाउन घच्घच्याउनका साथै ठूलो स्तरका हानिनोक्सानीका विषय पनि उठाउनु पर्ने ठान्छन्। “त्यो विषय उठान गर्नु अत्यन्त महत्त्वपूर्ण छ। तर पहिलो प्राथमिकता चाहिँ कार्बन धेरै उत्सर्जन गर्ने देशहरूले त्यो घटाउन पर्‍यो। अनि बाँकी प्रभावसँग जुझ्न यस्ता विषयहरू पनि उठान गर्दै रहनुपर्‍यो,” ढकालले भने।

नोभेम्बर १ तारिखदेखि ब्रिटेनको ग्लास्गोमा हुने “कोप ट्वेन्टीसीक्स” भनिने जलवायु सम्मेलनमा नेपालले पर्वतीय मुलुकहरू अनि अन्य विकासोन्मुख मुलुकहरूसँग मिलेर धारणाहरू राख्ने बताइएको छ। उक्त सम्मेलनमा नेपालको तर्फबाट उच्चस्तरकै प्रतिनिधित्व हुने बताइएको छ  । बीबीसी


प्रकाशित : २०७८ भाद्र ४, शुक्रबार ११:१५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

भर्खरै

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

  • देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

  • अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech