नेपालपक्षका नेताहरु महँगो रिसोर्टमा, अन्तरिम विधान र घोषणापत्र वितरण

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ भदौ ८, काठमाण्डौ
एमालेबाट फुटेर नयाँ दल दर्ता प्रक्रियामा रहेका माधवकुमार नेपालले केन्द्रीय सदस्य र सांसदलाई सुरक्षित राख्न महँगो रिसोर्टमा लगेर राख्नु भएको छ । हिजो उहाँले आफू पक्षका केन्द्रीय सदस्य र सांसदलाई काठमाण्डौको चन्द्रागिरि हिल्स रिसोर्टमा पुर्याउनु भएको हो ।

नयाँ दल दर्ताको तयारी भइरहेका बेला आफू पक्षका नेताहरूको मन नभाडियोस् भनेर उनीहरुलाई महँगो रिसोर्टमा लगिएको बुझिएको छ । नेपाल पक्षका केन्द्रीय सदस्यहरुले भने दर्ता प्रक्रियामा रहेको पार्टीको छलफल र योजना बनाउन रिसोर्टमा भेला भएको बताएका छन् । नयाँ दल गठनप्रति असन्तुष्ट तेस्रो धारका एमाले नेताहरू एकताको पक्षमा उभिएकाले नेता नेपालले आफू पक्षका केन्द्रीय सदस्य र सांसदलाई रिसोर्टमा राख्नु भएको हो ।

एमालेका तेस्रो धारका नेताहरु र अध्यक्ष केपी शर्मा ओलीबीच हिजो नै १० बुँदे समझदारी कार्यान्वयन गर्ने सहमति बनेको थियो । सहमति भएकै दिन तेस्रो धारका नेताहरूले सांसद र केन्द्रीय सदस्यलाई प्रभावित पार्न सक्ने जोखिम देखेर नेपालले आफू निकट नेताहरूलाई रिसोर्ट पुर्याएको संस्थापन पक्षका एक नेताले बताए ।

ओलीले १० बुँदे समझदारी कार्यान्वयन गर्न आफू तयार रहेको पनि बताउनु भएको छ । नेपालको नेतृत्वमा प्रस्ताव गरिएको नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगले सनाखत गर्न बुधवार बोलाएको छ ।

यसैबीच,प्रस्तावित नेकपा एकीकृत ९समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने उद्देश्यले नयाँ पार्टी गठन गर्नुपरेको बताउनु भएको छ । नेपालले गएराति चन्द्रागिरि रिसोर्टमा आयोजित प्रस्तावित पार्टीका केन्द्रीय सदस्य र सांसदहरुको बैठकका क्रममा अध्ययनका लागि भन्दै त्यहाँ उपस्थित ४६ जना केन्द्रीय सदस्यहरुलाई पार्टीको अन्तरिम विधान र घोषणापत्र वितरण गरिएको हो ।

नेपालले ओलीले पार्टी एकताको पक्षमा रहेको भान पार्न अनेक चालबाजी र नाटक गरे पनि एकता अगाडि बढ्न नचाहेको पनि बताउनु भएको छ ।

 


प्रकाशित : २०७८ भाद्र ८, मंगलवार ०१:५९