काठमाडौं , भदौँ ८
४ दिन बन्द रहेर आज खुलेको छ । कारोबार खुलेको पहिलो दिन आज मंगलबार नेप्से परिसूचक ५६।०३ अंकले घटेको छ ।
कारोबार भएका कुल १३ उपसमूहमध्ये आज २ वटा उपसमूहको सेयर मात्रै उकालो लागेको छ भने बाँकी ११ वटा उपसमूहको सेयर ओरालो लागेका छन् । निर्जीवन बीमा समूहहरुको ११२।८ ले बढेको छ भने र विकास बैंक समूहहरुको २४३।८९ ले घटेको छ ।कारोबारका आधारमा आज अरुन भ्याली हाइड्रोपावर विकास लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ७५ करोडबराबरको कारोबार भएको छ ।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने १२।८१ ले घटेर ५७७।६६ मा पुगेको छ ।आज कुल २२५ कम्पनीको २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता सेयर १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार ६० मूल्यमा खरिदबिक्री भएका छन् ।
आज बजार दोहोरो अंकले गिरावट हुँदा पनि यी दुई गोर्खाज फाइनन्स लिमिटेड र जीवन विकासको सेयरमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लाग्यो । रुरु जलविद्युत् परियोजना लिमिटेडलगायत १४ वटा कम्पनीले १० प्रतिशतले गुमाएका छन् ।
पछिल्लो बिहीबार पनि नेप्से १८।२४ अंकले घटेर नेप्से परिसूचक ३१८०।७९ बिन्दुमा पुगेर बजार ४ दिनका लागि बन्द भएको थियो । सेयर कारोबार रकम भने २० अर्बबराबरको गरेको थियो । बिहीबारको तुलनामा आज बारोबार रकम पनि घटेर १६ अर्बमा सीमित भएको छ ।



















