रुपन्देही ,भदौ १०
रुपन्देही प्रहरीले गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको मायादेवी गाउँपालिकाबाट २५ वर्षीय लक्ष्मी कुँवर र ३५ बर्षीय अफताब खाँणलाई ५ किलो गाँजासहित प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकी कुँवर गुल्मी रुरू गाउँपालिका २ की स्थायी बासिन्दा हुन् भने अफताब सिद्धार्थनगर नगरपालिका ८ का स्थायी बासिन्दा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी दिए ।