ताजा अपडेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

विद्यालयका सबैलाई खोप अनिवार्य गर्ने तयारी

लुम्बिनी दर्पण २०७८ भाद्र ११, शुक्रबार ०९:२५
[sharethis-inline-buttons]

तिराना ,भदौ ११

अल्बानियाका सबै विश्वविद्यालयका सबै विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरुलाई कोरोनाभाइरसविरुद्धको खोप अनिवार्य गर्न लागिएको छ ।प्रधानमन्त्री इडी रामाले सबै विश्वविद्यालयका सबैलाई खोप अनिवार्य गर्ने व्यवस्था गर्न लागिएको बिहीबार जानकारी दिए । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको महामारी र देशको वर्तमान अवस्थाका कारण यस्तो व्यवस्था गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो ।

शिक्षा, खेलकुद र युवामन्त्री एभिस कुशी र विद्यार्थीहरु सहभागी एउटा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । आफूसँगै अरूको समेत सुरक्षाका लागि पनि खोप अत्यावश्यक भएकाले खोप लगाउन हेलचेक्र्याइँ गर्न नहुनेमा उनले जोड दिए । सबै मानिसलाई खोप अनिवार्य गर्नु आवश्यक छ तर क्षेत्रगत रुपमा वर्गीकरण गरेर प्राथमिकता निर्धारण गर्नुपर्दछ,” उनले भने ।

खोप लगाउन कसैले चाहने र कसैले नचाहने भन्न नै नपाउने र सरकारले तोकेको समयमा सबैले अनिवार्य रुपमा लगाउनुपर्ने उनले बताए । कोरोनाभाइरसको महामारी व्यवस्थापन र विश्लेषणका लागि गठित विज्ञहरुको समूहले बुधबार मात्रै थप प्रतिबन्धात्मक व्यवस्था लागू गर्नु नपर्ने निष्कर्ष निकालेको छ तर दैनिक सङ्क्रमितहरुको सङ्ख्या भने धेरै नै रहेको देखिएको छ । कोरोनाभाइरसका कारण बिरामी भएर तिरानाका अस्पतालहरुमा भर्ना भएकामध्ये ९५ प्रतिशत बिरामीले खोप नलगाएको पाइएको अधिकारीहरुले जनाएका छन् ।

खोप लगाएर पनि सङ्क्रमित भएकाहरुको सङ्ख्या भने ३२ मात्रै रहेको जनाइएको छ । अल्बानियाका झन्डै छ लाख मानिसले दुवै खोप लगाइसकेका छन् । यो सङ्ख्या देशको झन्डै २७ प्रतिशत रहेको स्वास्थ्यमन्त्री ओगेर्था मानास्तीर्लिउले जानकारी दिए । अल्बानियामा अहिले कोरोनाभाइरसविरुद्धको खोप चरण चरणमा लगाउने अभियान चलिरहेको छ । आगामी सेप्टेम्बरमा १८ वर्ष पूरा भएका सबैलाई खोप लगाउने व्यवस्था गर्न लागिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८४४ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै अहिलेसम्म कूल सङ्क्रमितहरुको सङ्ख्या एक लाख ४१ हजार ३६५ पुगेको छ । तीमध्ये एक लाख ३१ हजार ८१२ जना सङ्क्रमणमुक्त भएका छन् भने अरू दुई हजार ४८३ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।(सिन्ह्वा


प्रकाशित : २०७८ भाद्र ११, शुक्रबार ०९:२५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

लिटल स्टारको गौरव : ४ जीपीएधारी पाण्डेलाई रु. १ लाख बढी पुरस्कार

इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

लागूऔषध तस्कर मारिएपछि हिंसा रोक्न मेक्सिकोमा हजारौँ सैनिक तैनाथ

सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल

स्पेनले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

स्पेन पुग्ने प्रयासमा यस वर्ष ३ हजारभन्दा धेरै आप्रवासीको ज्यान गयाे : प्रतिवेदन

भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन

हाइटीमा गोली चल्दा दुई पत्रकारसहित तीन जनाको मृत्यु

दिल्लीको वायु प्रदूषण कोभिड–१९ महामारीभन्दा पनि खतरनाक – विज्ञ

गाजा युद्धमा ज्यान गुमाउनेमध्ये ४४ प्रतिशत बालबालिका

भैरहवाबाट फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि दैनिक उडान गर्दै

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी

भर्खरै

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

  • देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

  • अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech