
गुल्मी, भदौ १२
अविरल वर्षासँगै गएको पहिरोले अवरुद्ध गुल्मीको रिडी रुद्रावेणी सडक सञ्चालनमा आएको छ । शुक्रबार यो सडक खण्डको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–२ साघुरेमा ढुङ्गा र माटोसहितको पहिरो खसेको थियो । अवरुद्ध बनेको सडक शनिबार दिउँसोबाट सञ्चालनमा आएको अस्थायी ट्राफिक प्रहरी पोष्ट रिडीका हवल्दार जगत खनालले जानकारी दिए ।