
बुटवल ,भदौँ १४
लुम्बिनी प्रदेश सरकारले मंगलबार जात्रा मनाउन पाल्पा जिल्लाभर सार्वजनिक बिदा दिएको छ। पाल्पा जिल्लाभर भगवती जात्राको अवसर पारेर सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिब रबिलाल पन्थले जानकारी दिएका छन । कोभिडले गर्दा अघिल्ला वर्षजस्तो भगवती जात्रा धुमधामले मनाउने तयारी यसपाली गरिएको छैन ।